नेपाली खेलाडीलाई माया र समर्थन गर्न प्रशिक्षक अल्मुताइरीको आग्रह

 असोज ३१, २०७८ आइतबार ८:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय टोलीलाई अनुभवको कमी देखिएको बताएका छन् ।

गएराति भएको साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भए पछि उनले यस्तो बताएका हुन् । उनले नेपाली खेलाडीलाई माया र समर्थन गर्न पनि आग्रह गर्नु भएको छ । नेपालीले दिएको माया आफूले कहिल्यै नभुल्ने भन्दै उनले सुरुको दिनदेखि नै नेपालीले आफूलाई समर्थन र सहयोग गरेको बताए ।

यस्तै, प्रशिक्षक अल्मुताइरीले पछिल्लो ६ महिना आफ्नो लागि कठिन भएको पनि बताएका छन् । उनले अब एक वा दुई हप्ताको आराम गर्ने त्यस पछि मात्रै नेपाल फर्कने नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Bihari Krishna Shrestha

    Oct. 17, 2021, 7:04 p.m.

    Clearly, there exists a very good rapport between the coach and players in the Nepali team. Besides, under the current coach, the Nepali national team has been able to achieve new milestones in the internal tournaments. Therefore, the sports authorities of Nepal must do everything within their power to help Nepali football benefit more from this mutually fulfilling relationship. Nothing else should be allowed to interfere in this principal mission.

  •  0 Reply
  • N B Giri

    Oct. 17, 2021, 8:53 a.m.

    He should be convinced by the government of Nepal and the people of Nepal who love football should reach him, talk to him, find his problems and sort out them and bring him back to Nepal. Surely Nepal teams will rise under his leadership. I love him. With my regards to him.

  •  0 Reply

तपाईको प्रतिक्रिया