दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – दशैँको टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने क्रम कायमै छ । केही ठाउँमा विजयादशमीको दिनमा मात्रै टीका लगाउने चलन भए पनि धेरै ठाउँमा भोलि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने गरिन्छ ।
विजयादशमीको दिन सबै मान्यजन र आफन्तकोमा पुग्न नभ्याइने भएकाले पूर्णिमासम्म नै टीका लगाउने गरिएको हो । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहि आएको छ ।
ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ । यस्तै दशैँ मान्न गाउँ गएकाहरु फर्कने क्रम पनि बढेको छ । महानवमीको दिनसम्म काठमाण्डौबाट बाहिर जाने गाडीमा यात्रुको चाप रहेकोमा अस्ति एकादशीदेखि भने काठमाण्डौ फर्कने गाडीमा यात्रुको चाप बढ्न थालेको छ । काठमाण्डौको कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैँ मनाएर काठमाण्डौ फर्कनेको भिडभाड देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।