दाङमा वर्षाको असर : काटेको धान खेतमै नष्ट, बाढी र पहिरोले यातायात सेवा प्रभावित

 कात्तिक १, २०७८ सोमबार १४:३८:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।

लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, बबई नदी लगायतका खोलामा पानीकाे बहाव बढेको हो ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोलामा आएको बाढीका कारण साना सवारी साधन आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठूला सवारी साधन आवतजावत गरे पनि मोटरसाइकल, अटो, टेम्पोहरू खोलामा आएको बाढीका कारण रोकिएका छन् ।

यस्तै वर्षाका कारण पहिरो गएपछि दाङ–प्युठान सडक खण्ड बन्द भएको छ । भालुवाङ–प्युठान सडकअन्तर्गत प्युठानको बडडाँडादेखि देवीस्थानसम्म पहिरो जाँदा सडक बन्द भएको छ । सडक बन्द भएपछि दाङको भालुवाङ हुँदै प्युठान र रोल्पा जाने/आउने गाडी रोकिएका छन् । लगातार पानी परेको हुनाले पहिरो हटाउन समय लाग्ने जिल्ला प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया