नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको निधन

 कात्तिक १, २०७८ सोमबार १९:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको ५६ वर्षको उमेरमा निधन भएको छ ।

एक हप्ताअघि कोभिड १९ सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका महर्जनको आज सोमवार ललितपुर भैँसेपाटीको मेडिसिटी अस्पतालमा निधन भएको हाे ।

नेपाल श्रीलङ्का चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष महर्जन नेपाल मन्डल टेलिभिजनका अध्यक्षसमेत हुनुहुन्थ्याे । आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष महर्जन विवेकशील साझा पार्टीका नेतासमेत हुनुहुन्थ्यो ।

महर्जनका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

उहाँको पार्थिव शरीरलाई भोलि मङ्गलवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया