कर्णाली नदीमा पानीको सतह बढेर बर्दियाका केही बस्तीमा पस्यो

 कात्तिक २, २०७८ मंगलबार १२:४७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कर्णाली नदीमा पानीको सतह बढेसँगै बर्दियाका केही गाउँमा पानी पसेको छ । बर्दियाका राजापुर नगरपालिकाको वडानम्बर १ का चउरा र तिहुँनी, गेरुवा गाउँपालिकाका वडानम्बर २ को राजीपुर र वडा नम्बर ३ को लोहारपुर, संकटी र बंकटीमा पानी पसेको हो ।

नदीमा पानीको सतह ११ दशमलव ७० पुगिसकेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जानकारी दिएको छ । उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारीमा जुटीरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बस्तीमा पानी पसेका गाउँका स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ । साथै आवश्यक उद्धार र सुरक्षित क्षेत्रतर्फ लैजानलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सहयोग गरीरहेको शाखाका सभापति कृष्ण गौतमले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया