बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघ्यो, ३० जना बेपत्ता

 कात्तिक ४, २०७८ बिहिबार १२:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस, बझाङकाे थलारा गाउँपालिका–४ डिख्लामा गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको  खोजी गर्दै स्थानीय बासिन्दा

काठमाण्डाै - गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । अहिलेसम्मको तथ्याङ्कले ९१ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । यस्तै,  इलाममा १३, डोटीमा १२, धनकुटामा ७,  बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ ।

प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा अझै ३० जना बेपत्ता छन्। ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया