डाेटी : घाइते र बिरामीलाई हेलिकप्टरबाट कैलाली लगियाे

 कात्तिक ४, २०७८ बिहिबार २०:८:५८ | विमल बिष्ट
unn.prixa.net

डाेटी – थप उपचारका लागि डोटीका माने आउजी र दीपक नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आज बिहीवार कैलाली लगिएको छ । 

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ का आउजी पहिरामा परेर घाइते भएका र त्यही नगरपालिका वडा नम्बर ६ का नेपाली प्यारालाइसिसका बिरामी भएका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो । 

बाढी, पहिरोले सडक बन्द भएका कारण डोटीका घाइते र बिरामीलाई हेलिकप्टरमार्फत थप उपचारका लागि कैलाली र धनगढी लगिएको हो । 

पहिराेमा परि आउजीको खुट्टा भाँचिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया