कपिलवस्तुको कृष्णनगरमा फेरि बढ्न थाले झाडापखालाका बिरामी

 कात्तिक ५, २०७८ शुक्रबार १३:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तुकाे शिवराज अस्पताल

काठमाण्डाै - कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दशैँ अगाडिसम्म बिरामीको सङ्ख्या निक्कै कम भएकामा दशैँ पछाडि भने बिरामीको सङ्ख्या फेरि बढ्न थालेको हो ।

असोजको १८ गतेदेखि  झाडापखालाको प्रकोप फैलिएकोमा त्यो दिन शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको सङ्ख्या ३ सय ९८ सम्म पुगेको थियो । त्यसको केही समय, त्यही हाराहारीमा बिरामी उपचारका लागि गएकामा दशैँ भन्दा एक/दुई दिन अगाडि १० देखि १५ जनासम्म मात्र पुग्ने गरेका थिए ।  तर दशैँ सकिएलगत्तै फेरि बिरामीको सङ्ख्या बढ्न थालेको हो ।

अहिले दैनिक ३० देखि ३५ जनासम्म उपचारका लागि पुग्ने गरेका शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिनुभयो । अहिले स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा गएर जनचेतना फैलाउने लगायतको काम गरिरहेको छ।

अहिले त्यस क्षेत्रमा ७ जना डाक्टर र ५० जना बढी स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् । कृष्णनगर नगरपालिकामा हैजा फैलिएको यस अगाडि नै पुष्टि भइसकेको छ । तर मानिसहरुमा चेतनाको कमीका कारण खानपान र सरसफाइमा ध्यान दिन नसकेकाले फेरि झाडापखालाका बिरामी फैलिएका हुन सक्ने उहाँले बताउनुभएको छ ।

झाडापखालाबाट बच्न पानी उमालेर मात्रै पिउन, पानीको मुहान वरिपरि सफा राख्न, शौचालयमा मात्र दिसा पिसाब गर्न उहाँले सुझाव दिनुभएको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया