डोल्पाको याकखर्कबाट चार जर्मन नागरिकसहित छ जना पर्यटकको उद्धार

 कात्तिक ६, २०७८ शनिबार १४:५६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डोल्पाको याकखर्कबाट चार जना जर्मन नागरिकसहित छ जना पर्यटकको उद्धार गरिएको छ । गएको असोज १७ गते डोल्पाको दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ निस्कन हिँडेका चार जर्मन नागरिक र दुई जना नेपाली गाइड गरी छ जनाको उद्धार गरिएको हो ।

डोल्पाको याकखर्क पुगेर अलपत्र परेको जानकारी पाएपछि मुस्ताङ प्रहरीले उद्धार गरेको हो । सोलुखुम्बुका जाङ्बु शेर्पा र दावा शेर्पासहित कार्तिक ४ देखि सम्पर्कमा नरहेका पर्यटकहरु आज बिहान याकखर्कमा रहेको भन्ने जानकारीका आधारमा हेलिकोप्टरबाट उद्धार गरी जोमसोम ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।

हिउँले औंलामा केही समस्या भए पनि उनीहरु सकुशल रहेको जोमसोम अस्पतालले जानकारी दिएको छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया