आज संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइँदै

 कात्तिक ७, २०७८ आइतबार ७:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज संयुक्त राष्ट्र सङ्घ  स्थापना दिवस मनाइँदैछ । सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइन्छ ।

सन १९७१ को संयुक्त राष्ट्रसङ्घको महासभाले आजका दिन सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

आज संयुक्त राष्ट्रसङ्घको गठन, कार्य र उद्देश्यका  बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम हुने गरेको छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयुक्त राष्ट्रसङ्घ सप्ताह मनाइने भए पनि अक्टोबर २४ लाई विशेष उत्साहका  साथ मनाउने गरिन्छ ।

पहिलो र दोश्रो विश्व युद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र युद्धका पीडाहरुमा विश्व शान्ति र सद्भाव कायम गर्न मध्यस्थता गर्नका लागि संयुक्त राष्ट्र सङ्घले भूमिका खेलेको थियो । दोश्रो विश्व युद्धको विध्वंश र विनाशले अमेरिका, बेलायत, शोभियत युनियनलाई संयुक्त राष्ट सङ्घको घोषणापत्रमा हस्ताक्षर गर्न लगाइएकोमा  जर्मन, इटली, जापान र अन्य केही युद्धरत राष्ट्रहरुबाहेक २६ वटा राष्ट्रहरुले सन् १९४२ को जनवरी महिनामा संयुक्त राष्ट्र सङ्घको घोषणापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तर्फबाट पनि संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा योगदान हुँदै आएको छ ।

शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले ज्यान गुमाएका छन् भने ६६ गम्भीर घाइते भएका सेनाले जानकारी दिएको छ । अहिले शान्ति सैनिक धेरै सङ्ख्या पठाउने देशको सूचीमा नेपाल दोस्रो वरीयतामा छ ।

राष्ट्र सङ्घबाट माग भएमा  नेपालले १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आज  काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ ।

यसैबीच आज विश्व विकास सूचना दिवस मनाइँदैछ ।  सन् १९७२ मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको दिनको सम्झनामा हरेक वर्षको अक्टोबर २४ लाई  विश्व विकास सूचना दिवसका रुपमा मनाउने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया