गोदावरी नगरपालिकामा ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि नि:शुल्क वितरण हुँदै

 कात्तिक ७, २०७८ आइतबार ८:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ ।

गोदावरी नगरपालिकामा ७० वर्ष नाघेका व्यक्तिलाई आजदेखि अर्को सोमवारसम्म नि:शुल्क रुपमा  उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागेको नगरपालिकाले जानकारी दिएको छ । गोदावरीको हरेक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म औषधि वितरण गरिने छ ।

औषधिका लागि डाक्टरले दिएको प्रेस क्रिप्सन र ज्येष्ठ नागरिक परिचय पत्र लैजानु पर्ने कार्यक्रमका फोकल पर्सन टीका केसीले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया