मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पहिरो

 कात्तिक ८, २०७८ सोमबार ७:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्ड अन्तर्गत पर्ने गोलञ्जोर गाउँपालिकाको बलेनीमा पहिरो गएको छ ।

गएराति सवा एक बजेतिर खसेको पहिरोका कारण सिन्धुली सडक खण्ड भएर आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् ।  रातिदेखि सडक बन्द हुँदा यात्रुले गाडीमै बसेर रात कटाएका छन् । अहिले पहिरो हटाउन डोजरको प्रयोग गरिएको छ ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया