दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । आज साेमवार बालुवाटारमा भएको छलफल राष्ट्रिय सभा सदस्यको चुनाव तथा प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावका विषयमा केन्द्रित रहेको आयोगले जनाएको छ ।
आयोगका पदाधिकारीले माघको पहिलो हप्ताभित्र राष्ट्रिय सभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । कानुनअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि चुनाव गर्नुपर्छ ।
यस्तै प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ पद रिक्त छन् । छलफलमा ती पदमा उपचुनाव गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै आयोगले आउँदो वैशाखभित्र गर्नुपर्ने पालिकाको चुनाव पनि एकै चरणमा गर्न प्रस्ताव गरेको छ । अघिल्लो पटक तीन चरणमा पालिकाको चुनाव भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।