दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह गर्नुभएको छ । साथै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिनुभएको छ ।
आज मङ्गलवार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले प्रधानन्यायाधीश एक्लै नभएर परमादेश गर्ने पाँचै जनाले राजीनामा गर्नु उपयुक्त होइन र ? भनेर प्रश्न गर्नुभएको छ ।
अदालतलाई मर्यादित र निर्विवाद बनाउनुपर्नेमा उहाँको जोड छ । एमाले अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा अहिलेको मुख्य दायित्व रहेको बताउनुभयो ।
देशभरका पालिकामा नेकपा एमालेको अधिवेशन सुरु भएको छ । तीन दिनअघि वडा अधिवेशन गरेको एमालेले आज पालिकास्तरमा नेतृत्व चयनका लागि अधिवेशन गरेको हो । बाढी, पहिरो तथा डुबान प्रभावितबाहेक अरू पालिकामा आज एमालेले अधिवेशन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि वडा अधिवेशन पनि बाढी, पहिरो प्रभावित क्षेत्रमा रोकिएको थियो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि चितवनमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।