दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
रसुवा – रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घटेको छ । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटेको हो ।
सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि कार्तिक १ देखि रसुवाबाट काठमाण्डौसम्मको भाडा ८ सय १७ रुपैयाँ लिँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले यातायात व्यवसायीसँग छलफल गरेपछि भाडा समायोजन भएको हो ।
जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीले आजदेखि साविकको भाडादरमा १० देखि १५ प्रतिशत मात्र भाडा लिने भएका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । ‘हामीले जनतालाई केही राहत मिलोस\ भनेर भाडादर बारे व्यवसायीसँग छलफल गरेका थियौं’, उहाँले भन्नुभयो, ‘यसमा व्यवसायी सकरात्मक भएका थिए ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशन गरेको राजपत्र अनुसार काठमाण्डौ – धुञ्चेको भाडा ३ सय ६५ रुपैयाँ तोकिएको छ । जसमा व्यवसायीले बाटोको अवस्था र गाडीमा दिइने सेवा सुविधाको आधारमा हेरेर १५ प्रतिशतसम्म भाडा बढाउन सक्छन् । तर मन्त्रालयले यातायात व्यवसायीले यसअघि लिँदै आएको भाडा भन्दा पनि कम दररेट निर्धारण गरेको हाे । यसअघि सार्वजनिक यातायातले ६ सय ६५ रुपैयाँ भाडा लिँदै आएका थिए ।
अब प्रशासनकाे आग्रहमा भाडादर घटेपछि अहिले रसुवाबाट काठमाण्डाै सात सय ३० रुपैयाँ भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।