तलब, भत्ता नपाएपछि धर्नामा स्वास्थ्यकर्मी

 भदौ २०, २०७५ बुधबार ८:१२:१० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरु तलब र भत्ताको माग गर्दै गाउँपालिका कार्यालयमा धर्नामा बसेका छन् । गएको वैशाख महिनादेखि तलब नपाएको भन्दै गाँउपालिकामा कार्यरत ३६ जना चिकित्सकहरु धर्नामा बसेका हुन् ।

विभिन्न समयमा गाँउपालिकाको कार्यालयमा यससम्बन्धमा जानकारी गराइएको तर विभिन्न वहाना गर्दै स्वास्थ्यकर्मीको माग सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मी राघवेन्द्रप्रसाद यादवले बताउनुभयो ।

पछिल्लो समयमा गाँउपालिकासँग वार्ता गर्न जाँदा १५ दिनको म्याद दिएर आफूहरुलाई अन्यौलमा पारेको र पछि लेखा अधिकृत नभएको भन्दै वहाना देखाएर गाँउपालिकाको कार्यालयले माग सुनावाई नगरेको चिकित्सक यादवले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको माग सुनवाईको सम्बन्धमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि गाँउपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरिने यादवले जानकारी दिनुभयो ।

५ वटा स्वास्थ्य संस्था रहेको सम्सी गाँउपालिकामा ३६ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया