सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल

 कात्तिक १२, २०७८ शुक्रबार १०:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ ।

विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ । उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ ।

घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, छैटौँमा एङ्गुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मलावी र दशाैँमा इजिप्ट विश्वको उत्कृष्ट गन्तव्यको सूचीमा छन् ।

कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ । पर्यटन क्षेत्रमा चहलपहल सुरु भएका बेला लोन्ली प्लानेटको सूचीमा पनि नेपाल उत्कृष्ट १० भित्र परेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। लोन्ली प्लानेटले कुनै पनि देशको समसामयिक अवस्था, प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधताको अध्ययन र विश्लेषण गरेर उत्कृष्ट देशको छनाेट गरिने जनाएको छ ।

यस्तै, पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित देशले गरेको स्थायी प्रतिबद्धताका आधारमा पनि घुम्नै पर्ने देशहरुको सूची तयार हुने लोन्ली प्लानेटका उपाध्यक्ष टम हलले बताउनु भएको छ । प्राकृतिक मनोरम दृश्य झरना, पहाड, हिमाललगायत मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने पनि उहाँले बताउनु भएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया