जावलाखेलमा ढकमक्क फूल (फोटो फिचर)

 कात्तिक १२, २०७८ शुक्रबार १३:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ढकमक्क फुलेका फूलले कसलाई नलोभ्याउला ? ढकमक्क फुलेका फूलले आँखालाई आनन्द दिन्छ भने मनलाई शान्ति । अहिले ललितपुरको जावलाखेलमा ओहोरदोहोर गर्नेहरु पनि ढकमक्क फुलेका फूल देखेर एकैछिन टक्क अडिएर फूल हेर्छन्, सुम्सुम्याउँछन् र फोटो खिच्छन् ।

शुक्रवारदेखि सुरु भएको पुष्प प्रदर्शनीले जावलाखेलको खेल मैदानलाई ढकमक्क ढाकेको छ । प्रदर्शनीमा राखिएका फूलले अवलोकनकर्तालाई आकर्षित गरेको छ । अबको चार दिनसम्म जावलाखेलको खेल मैदानमा यस्तै ढकमक्क फुलेका सयपत्री, गोदावरीलगायत फूल हेर्न र किन्न पाइन्छ । 

तिहार नजिकिएसँगै फूलको प्रवर्द्धन गर्ने उद्देश्यले जावलाखेलमा पुष्प प्रदर्शनी सुरु भएको हो । दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एसाेसिएशन नेपालले आजदेखि सोमवारसम्म ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ सुरु गरेको हो । 

पुष्प प्रदर्शनीमा ४८ स्टल छन् । प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराइ उत्कृष्टलाई पुरस्कृत गरिने छ । झण्डै ३५ हजारभन्दा धेरैले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा ५० लाख रूपैयाँकाे कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवाको बिक्री समेत गरिनेछ।

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया