तिहारका लागि चिनियाँ व्यापारीले नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिए

 कात्तिक १३, २०७८ शनिबार १०:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - तिहारका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका छन् ।

मानिसको आवतजावत रोकेका कारण व्यापारीले नै नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका हुन् । यस पटक ५० वटा भेडाच्याङ्ग्रा आयात भएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । यसअघि दशैँमा पनि व्यापारीले नाकासम्म नै भेडाच्याङ्ग्रा ल्याइदिएका थिए ।' तिहारका लागि आएका भेडाच्याङ्ग्राको भाउ पनि महँगो परेको छ ।

उतै महँगो परेकाले यसपटक मूल्य बढेको कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै प्रति भेडाच्याङ्ग्रा २६ हजार परेको बताएका छन्’, उहाँले भन्नुभयो, ‘यता बिक्री गर्दा महँगो पर्न जान्छ।’ अहिले आएका भेडाच्याङ्ग्रा सानो भएको र सबैको एउटै रेट हुँदा बिक्रीमा समस्या आउने व्यापारीले गुनासो गरेका उहाँको भनाइ छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट हरेक वर्ष भेडाच्याङ्ग्रा आयात हुँदै आएको छ । कोरोना सङक्रमण सुरु हुनुअगाडि नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्याङ्ग्रा आयात गर्ने गरेका थिए। 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया