अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्ने : प्रचण्ड

 कात्तिक १३, २०७८ शनिबार १३:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनु भएको छ । 

अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पार्नु भयो । शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनु भयो । अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावीसमेत गर्नु भयो ।

‘गठबन्धन ठिक ढंगले अगाडि बढ्दैछ । तपाईंहरुले पनि देखि राख्नु भएको छ । अब सरकारले पूर्णता पाइसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ' उहाँले भन्नुभयो, 'काठमाण्डौमा अहिले नेताहरु कोही कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ । बैठक बस्ने बित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ ।'

अध्यक्ष दाहालले 'अर्ली इलेक्सन' हुने कुनै पनि सम्भावना नरहेको पनि बताउनु भयो । हाम्रो संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि देश 'अर्ली इलेक्सन'मा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनु भयो । उहाँले अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया