स्थलमार्गमार्फत चितवन जाँदै ओली

 कात्तिक १५, २०७८ सोमबार ११:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन प्रस्थान गर्नुभएको छ । चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बिहान ९ बजे चितवन प्रस्थान गर्नुभएको हो  । उहाँ स्थलमार्गबाट नै  चितवन जानुभएको हो ।

उहाँले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुङ्गाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । त्यसलगत्तै नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशन अध्यक्ष ओलीले गर्ने बताइएको छ ।

त्यस्तै, आज दिउँसो साढे तीन बजे भरतपुर–१० मदननगरमा रहेको  नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १० औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय गरिएको छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने ठाउँ सौराहामा आज  बेलुका अवलोकन गर्ने कार्यक्रम रहेको रावलले बताउनुभयो ।

त्यसैगरी, कात्तिक १६ गते बिहान भरतपुर–१६ मा निर्माणाधीन क्रुजशिप (मिनी पानीजहाज)को अवलोकन गर्ने, त्यसलगत्तै माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको रावलले बताउनुभयो । राम मन्दिरको अवलोकनपछि माडीका स्थानीयवासीसँग एमाले अध्यक्ष ओलीले छलफल गर्ने समेत रावलको भनाइ छ।  

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया