आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

 कात्तिक १६, २०७८ मंगलबार २०:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो । 

सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ ।

प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  जानकारी दिनुभयाे । 

गएकाे आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६६ चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने एक सय १३ प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवम् प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । त्यही अभियानलाई थप प्रभावकारी बनाइ चालु आर्थिक वर्षकाे ६ महिनामा एक सय नाै चालकलाई पक्राउ गर्ने ८३ ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया