अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
सङ्खुवासभा – अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर) ले नेपालको व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधनहरू सङ्खुवासभामा रहेको बताउनुभएको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पूर्वी पहाडी जिल्लाको सङ्खुवासभामा मात्रै अथाह स्रोत–साधान रहेको बताउँदै जलविद्युतलगायतका क्षेत्रमा यो जिल्लाले कायापलट गर्ने बताउनुभयो ।
‘हामी नेपालीहरू गरिब छैनौँ, हामीसँग अथाह स्रोत–साधान छ । यही जिल्लामा जलविद्युतको थुप्रै सम्भावना छ । सरकारले एक हजार मेगावाटभन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीहरूलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘हामीसँग भएको स्रोत–साधनलाई राम्ररी परिचालन गर्ने हो भने नेपालीहरू सक्षम बन्न सक्छन् भन्ने लाग्छ ।’
सङ्खुवासभामा किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत् परियोजनालगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पुर्याउने मन्त्री शर्माको भनाइ थियो ।
उहाँले फरक प्रसङ्गमा, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका बारेमा गठबन्धनको सरकारको बैठक बस्न बाँकी रहेकाले सरकारले यस्तै गर्ने भन्ने धारणा बनाइ नसकेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहनुभएका शर्मा जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिन सङ्खुवासभा आउनुभएको हो ।
एक दिने बसाइमा अर्थ मन्त्री शर्माले सङ्खुवासभाका सरकारी कार्यालय प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योग व्यवसायी लगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ । अर्थ मन्त्री शर्मा बुधवार (भोलि) काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।