अस्ट्रेलियासँगकाे चाैथाे टेस्टमा नीतीश कुमारकाे शतक, भारत अझ...
पुस १३, २०८१ शनिबार
भक्तपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूले नागरिककाे पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताउनुभएको छ ।
आज बिहीवार नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले नागरिककाे पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताउनुभएको हो । उहाँले पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा कदम चाल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा मन्त्रीहरूले नागरिककाे पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको भए पनि हामी कडा कदम चाल्छाैँ । तपाईँहरूको साथ भयो भने नागरिककाे पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौँ ।’
अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताउनुभयो । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड जिउँदै रहुन्जेल माओवादी पार्टी झन् जागेर आउने देखेर खासगरी आफूलाई नै तारो बनाउन खोजेको उहाँको भनाइ छ ।
अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । माओवादी बलियो पार्टी भएन भने देश दुर्घटनामा पर्ने खतरा रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।