सुन्तलाका लागि चर्चित घोर्ले गाउँमा विद्युत् विस्तार

 कात्तिक १९, २०७८ शुक्रबार २०:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिका ५ चिसापानीको घोर्लेमा राष्ट्रिय प्रसारण लाइनकाे विद्युत् विस्तार गरिएको छ । सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख रुपैयाँ र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत् प्राधिकरणको गाईघाट–दिक्तेल प्रसारण लाइन अन्तर्गतको विद्युत् विस्तार गरिएको हो ।

गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले घोर्लेमा बत्तीको स्विच अन गरेर विद्युत् विस्तारकाे उद्घाटन गर्नुभएकाे हाे । गाउँका ३५ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युतबाट बत्ती बलेपछि घोर्लेका स्थानीयवासीले खुसीयाली मनाएका छन् । 

सुरुङ्खेले भन्ने ठाउँबाट पोल र तार टाँग्दै घोर्लेमा विद्युत् पुर्‍याइएकाे हो । गाउँमा विद्युत् विस्तारका लागि स्थानीयवासीले पोल र तार ओसार्ने, शाखा लाइनको पोल गाड्ने लगायतका काममा श्रमदान गरेका थिए ।

भौगोलिक रूपमा कोल्टे ठाउँ भएकाले घामले नभेट्दा सोलारसमेत प्रभावकारी बन्न नसकिरहेको अवस्थामा विद्युत् विस्तार भएपछि युवामा उत्साह जगाएको शिक्षक जीवन राईले बताउनुभयाे । ‘गाउँमा स्थायी रूपमा उज्यालो बालिएको छ । विद्युतीय उपकरण, इन्टरनेट र सूचनामा पहुँच वृद्धि भएको छ’, शिक्षक राईले भन्नुभयाे, ‘युवामा विद्युतबाट चल्ने नयाँ व्यवसाय सुरु गर्ने, कृषि पेसालाई आधुनिकीकरण गर्ने सोच पलाएको छ । ऊर्जा मिलेको छ ।’  

घोर्लेबाट वार्षिक करोड रुपैयाँको सुन्तला निर्यात हुने गरेको छ । घोर्लेलाई खोटाङको सुन्तलाको राजधानी मान्ने गरिन्छ ।  

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया