सल्यान बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुग्याे

 कात्तिक २१, २०७८ आइतबार १५:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेकाे बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुगेकाे छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएकाे हाे ।  

बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गाेविन्द थापाले जानकारी दिनुभयाे । 

तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार भइरहेकोले ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।  

तस्बिर : फाैद बस्नेतकाे फेसबुकबाट

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया