शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन

 कात्तिक २३, २०७८ मंगलबार ८:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन भएको छ । हिजो बसेको मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डाक्टर विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्य अवधि तोकिएको सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । जग्गा व्यवस्थापन हुने बित्तिकै अस्पताल निर्माणको काम अघि बढ्ने सचिव थपलियाले बताउनुभयो ।

मुख्यगरी काठमाण्डौ, चितवन लगायतका सहरी क्षेत्रमा जग्गा खोज्ने कामलाई प्राथमिकता दिइनेछ । शिक्षक अस्पताल बनेपछि देशभरका झण्डै ३ लाख बढी शिक्षकहरु लाभान्वित हुनेछन् । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकाले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गर्नुभएको थियो ।

यस्तै हिजोको मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरेको छ । कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालीका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको जग्गा व्यवस्थापन गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया