माेतीपुर घटना : मृतकका परिवारलाई राहत दिने सरकारकाे निर्णय

 कात्तिक २३, २०७८ मंगलबार १६:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले रुपन्देहीको मोतीपुरमा भएको घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने भएको छ । हिजो साेमवार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।

गएको असोज २४ गते मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र स्थानीयवासीबीच हुँदा चार जनाको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारलाई र एक लाख रुपैयाँ उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।

हिजोको मन्त्रिपरिषद् बैठककाे निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया