विदेशी पर्यटकका लागि मलेसिया जनवरी १ देखि खुल्ने

 कात्तिक २५, २०७८ बिहीबार १४:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि  लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ । 

कोरोना महामारी रोकथामका लागि लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ ।

पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ । कोरोना सङ्क्रमण दर घट्दै जाँदा खाडीका देशहरूले पनि कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लगेका छन् । 

महामारीपछि  पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया