चीन र अमेरिकाका राष्ट्रपतिबीच सोमवार वार्ता हुने

 कात्तिक २७, २०७८ शनिबार ११:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आउँदो सोमवार वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको पुष्टि गरेको छ । छलफलमा दुवै शीर्ष नेताले आपसी समस्या समाधान र एक अर्काको चासोका विषयमा कुराकानी गर्ने तयारी छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुवै देशबीच विवाद बढेको हो । तर स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको सम्मेलन कोप–२६ मा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका दुई ठूला देश चीन र अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने प्रतिबद्धता जनाएसँगै हुन लागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन अमेरिकाले चीनसँग मिलेर काम गर्नेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया