भारतको राष्ट्रिय पुलिस एकेडेमीको तालिममा सहभागी नेपाल प्रहरीका तीन जना निरीक्षक  पुरस्कृत

 कात्तिक २७, २०७८ शनिबार १९:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको हैदराबादमा रहेको सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन्।

पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका नेपाल प्रहरीले जनाएको छ।

आज सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो।

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो । तालिम गएको वर्षको डिसेम्बर २८ देखि सुरू भएको थियो।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया