लुम्बिनी प्रदेशले दाङकाे राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने

 कात्तिक २८, २०७८ आइतबार ९:४३:० | हेमराज शर्मा
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ ।

राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले पहल थालेको हो ।

यसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको हो । प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दै प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको बताउनुभयो। 

अस्पताल नहुँदासम्म सामान्य चोटपटक लागेका बिरामी या शल्यक्रिया गरेर प्रस्तुति गराउनुपर्ने सबैलाई बुटवल अथवा नेपालगञ्ज लैजानुपर्ने बाध्यता रहेको थियाे। 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया