महालक्ष्मी नगरपालिकाले पशुपालनका उन्नत प्रविधिका सामग्रीमा ५० प्रतिशत अनुदान दिने

 कात्तिक २८, २०७८ आइतबार २०:३७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले व्यावसायिक पशुपालक किसानले खरिद गर्ने उन्नत प्रविधिका सामग्रीमा ५० प्रतिशत अनुदान दिने भएको छ । 

नगरपालिकाले आज आइतवार सूचना निकालेर चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाभित्र व्यावसायिक पशुपालक किसानका लागि उन्नत प्रविधिका सामग्रीमा ५० प्रतिशत अनुदान दिनका लागि किसानबाट वडा कार्यलयमार्फत आवेदन माग गरेको छ । किसानले १५ दिनभित्र नगरपालिकाको पशु सेवा शाखा लामाटारमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । 

निवेदन दिएर अनुदानका लागि छनाेट भएका किसानले विवरणअनुसारका सामग्री खरिद गरेर शाखाका पशु प्राविधिकबाट जाँच गरेर बिलसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ । किसानले च्याफ कटर मेशिनको अधिकतम ३४ हजार रुपैयाँ, मिल्क क्यानको ६ हजार पाँच सय ५०, काउ म्याटको सात हजार ५०, दूध दुहुने मेसिन एक लाख ४५ हजार (एक पटकमा दुई वटा दुहुने) र ९५ हजार रुपैयाँ (एक पटकमा एक वटा दुहुने) भन्दा धेरै मूल्य नपर्ने गरी खरिद गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

गएको वर्ष आवेदन दिएका, नगरपालिकाका स्थायी बासिन्दा, एकल महिला, अपाङ्गता भएका र विपन्न नागरिकलाई अनुदानमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया