अनलाइनबाट ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित काठमाण्डौबाट एक जना पक्राउ

 कात्तिक २९, २०७८ सोमबार २०:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डाै नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आज साेमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।

ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीन भवनबाट खटिएको प्रहरी टाेलीले विकासलाई काठमाण्डाैकाे गैरीधाराबाट रकमसहित पक्राउ गरेको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया