कर्णालीमा बन्द गराउँदै हिँड्ने विप्लवका २० जना कार्यकर्ता पक्राउ

 कात्तिक ३०, २०७८ मंगलबार १४:२१:२७ | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका २० जना कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार सडक अवरुद्ध तथा सवारी साधन आगमनमा अवरुद्ध गर्न खोजेको भन्दै पक्राउ गरिएको हो । प्रहरीले रुकुमपश्चिममा १३ र सुर्खेतमा सात जना पक्राउ गरेको छ । मुगुमा भने आगलागी भएका कारण बन्द फिर्ता लिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया