दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माण प्रक्रिया सुरु भएको छ ।
यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण प्रक्रिया सुरु गरिएको हो । हाल रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ । टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा हालसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार आजदेखि प्राविधिकले स्टिमेटको काम सुरु गर्ने छन् ।
‘हामीले सम्बन्धित कार्यालयसँग समन्वय गरेर आजबाट काम अघि बढाउँदै छौं’, उहाँले भन्नुभयो, ‘रसुवागढीमा कम्तिमा पनि २० वटा कन्टेनर अट्ने यार्ड निर्माण हुन्छ ।’
स्टिमेट निर्माण भएपछि आवश्यक बजेटका लागि प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
आजदेखि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्राविधिकले स्टिमेट गर्नेछन् । नाकामा यार्ड निर्माण भएमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन् । कोरोना सुरु भएपछि चीनबाट हुने आयात घटेको छ ।
नाकाको नेपालतर्फ पूर्वाधारको विकास नभएकै कारण चिनियाँ पक्षले सामग्रीको आयात बढाएका छैनन् । ‘हामीले पूर्वाधारको विकास गर्न सकेको खण्डमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन्’, उहाँले भन्नुभयो, ‘यसले पछिसम्म फाइदा हुन्छ ।’
पछिल्लो समय चिनियाँ पक्षले दैनिक ९ वटा चिनियाँ गाडीमा सामग्री आयात गरिरहेका छन् ।
२०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । पछि एकतर्फी रूपमा नाका सञ्चालनमा आयो । तर पछिल्ला दिनमा नाकामा कारोबार निकै घटेको छ ।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोरोनाका कारण निर्यात लामो समयदेखि ठप्प छ ।
२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।