दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।
विरोध प्रदर्शनका क्रममा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् भने प्रधानन्यायाधीश तत्काल राजीनामा नदिने अडानमा हुनुहुन्छ ।
नेपाल बार एसोसिएशनले गएको कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।