कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ

 मंसिर ३, २०७८ शुक्रबार ९:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ गरेका छन् ।

तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ ।

उनीहरुले हिजाे  पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया