दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणनाका क्रममा झडप भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको भैरहवामा भएको झडपमा पाँच जना घाइते भएका छन् । घाइते भएकामध्ये क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अरुको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
मतगणना स्थलमा संस्थापन पक्षले आक्रमण गरेको नेता रामचन्द्र पौडेल पक्षको आरोप छ । विवादका कारण मतगणना स्थगित भएको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताउनुभयो । प्रदेश-३ (क) मा संस्थापन पक्षबाट सुरेन्द्र जङ्ग थापा र नेता पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।