माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

 मंसिर ५, २०७८ आइतबार ७:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।

केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।

पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ ।

यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया