धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिश, ११ महिनापछि ब...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
गएको वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यसपालि भने पर्यटक बढ्न थालेका छन् ।
कोभिड–१९का कारण दुई वर्ष सुनसान रहेको कञ्चनजङ्घा क्षेत्रमा गएको महिनादेखि पर्यटकको चहलपहल सुरु भएको हो। कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधार क्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमा पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।
नेपालका विभिन्न जिल्ला गरी १०० जना आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको जाँचचौकी कार्यालयले जनाएको छ । अमेरिका, फ्रान्स, जर्मन, लाचिया, ब्रिटिस र भारतलगायत देशबाट ६५ बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताउनुभयो ।
यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुई अमेरिकी आरोहीसहितको टोली करिब एक महिना आरोहणको प्रयासपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङतर्फ फर्किएकाे घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।
यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ पर्यटक ओलाङचुङगोलाबाट सङ्खुवासभाको सीमा क्षेत्र लुम्बासुम्बा हुँदै मकालु प्रवेश गरेको ओलाङचुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।