कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप, कसले खान हुने कसले नहुने ?

 मंसिर ५, २०७८ आइतबार ११:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप दिइँदै छ ।

कपिलवस्तुका पाँच पालिकामा हैजा विरुद्धको कोलेरा भ्याक्सिन दिन लागिएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तु जाँदैछ । एक महिनादेखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि हैजाविरुद्धको खोप दिन लागिएको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा आजदेखि खोप अभियान सुरु गरिनेछ । त्यस्तै कृष्णनगर, शिवराज र महाराजगञ्ज नगरपालिका एवं विजयनगर गाउँपालिकामा पर्सिदेखि खोप दिइने छ । यो खोप मुखबाट खुवाइन्छ । यो खोपको पहिलो मात्रा खाएको १४ दिन पछि दोस्रो मात्रा खानु पर्छ ।

खोप अभियान हैजाको प्रकोप देखिएको कपिलवस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज, शिवराज र विजयनगरका सबै वडामा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तोकिएका केन्द्रमा यो खोप नि:शुल्क पाइनेछ । एक वर्षमाथिका २ लाख ५२ हजार ३ सय ६३ नागरिकलाई यो खोप दिइनेछ ।

यस्तै, कुपोषण भएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, गर्भवती साथै स्तनपान गराइ रहेका व्यक्ति, कोभिड १९ लागेर निको भएका व्यक्तिहरुले पनि यो खोप पाउने छन् । तर, एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले खान मिल्दैन ।

बिरामी निको भए पछि भने खान मिल्छ । यदि पहिलो मात्रा खाँदा कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा खोप खुवाउनु हुँदैन । खोप खाएकाहरुलाई केही सामान्य स्वास्थ्य समस्या भने देखिन सक्छ । हल्का ज्वरो आउने, पेट  दुख्ने, वाकवाकी वा पखाला लाग्ने, चिलाउने, स–साना बिमिरा वा खटिरा आउने जस्ता लक्षण देखिने र बिस्तारै निको हुँदै जाने डाक्टरले बताएका छन् । 

जानकारीसहित:

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया