प्रधानमन्त्रीले भवन उद्घाटन गर्नुभएको हो, अनुमति लिएर मात्रै टीभी चलाउँछाैँ : पतञ्जली नेपाल

 मंसिर ५, २०७८ आइतबार १७:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पतञ्जली योगपीठले आस्था नेपाल र पतञ्जली  टेलिभिजन च्यानल दर्ताविना सञ्चालन नगरेको स्पष्ट पारेको छ ।

भारतीय याेगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली ग्रुपले नेपालमा दर्ताविना नै टीभी च्यानल सञ्चालन गर्न लागेको भन्ने आरोपबारे स्पष्ट पार्दै पतञ्जली योगपीठले टीभी प्रसारण नगरिएको र प्राविधिक तयारीको क्रममा मात्र रहेको जनाएको हो । प्रधानमन्त्रीको उपस्थितिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएकाे विज्ञप्तिमार्फत पलञ्जली योगपीठले जनाएको छ ।

सञ्चालक समितिको बैठकले टीभी सञ्चालनसम्बन्धी निर्णय गरी गएको असोज ८ गते कम्पनी रजिस्टारकाे कार्यालयबाट प्रमाणीकरण लिइएको योगपीठले जनाएको छ । सरकारको नीति, नियम र कानुनको अधिनमा रही नियमअनुसार अनुमति पाएपछि मात्र टीभी सञ्चालन हुने योगपीठले जनाएको छ ।

आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले भ्रामक सूचना प्रसार नगर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया