सडक निर्माणमा ढिलाइ गरेको भन्दै स्थानीयद्वारा गोदावरी-हरिसिद्धि- बाडेगाउँ सडक बन्द

 मंसिर ६, २०७८ सोमबार ११:१२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सडक निर्माणमा ढिलाइ गर्दा सास्ती खेप्नु परेको भन्दै स्थानीय बासिन्दाले ललितपुरको हरिसिद्धि–बाडेगाउँ–गोदावरी सडक खण्ड ठप्प पारेका छन्  ।  

पछिल्लो समय भत्केर यो सडक खण्ड हिँडिनसक्नु छ । यस सडकअन्तर्गत हरिसिद्धि, ठैब र बाडेगाउँ कालोपत्रेका लागि काम गर्दा गर्दै ठेकेदारले छोडेपछि हिलाम्य बनेको हो ।

एकातिर सडकका खाल्डाका कारण गाडी चलाउन कठिन भएको छ भने पैदलयात्रुलाई पनि हिँड्न गाह्रो भएको छ । निर्माण सुरु भएको पाँच वर्ष नाघिसक्दा पनि निर्माणाधीन गोदावरी सडकको सुरुको खण्ड कालोपत्रे हुन बाँकी छ।

यो सडक निर्माणको ठेक्का सम्झौता २०७३ साल असारमा भएको थियो । तर, ठेकेदारको लापरबाहीका कारण अझै पनि सडकको मर्मत हुन  सकेको छैन । स्थानीय बासिन्दाको विरोधका कारण सडक खण्ड बन्द भएकाले गोदावरी जाने आउनेलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।

तस्बिर साभार : दीपक अर्यालकाे फेसबुक

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया