देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
मोरङ – जिल्ला समन्वय समिति मोरङले विभिन्न शीर्षकमा भएको आम्दानीबाट जिल्लाका १७ स्थानीय तहलाई एक–एक करोड रुपैयाँ वितरण गर्ने भएको छ।
जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गएको आर्थिक वर्ष २०७४-०७५ मा आम्दानी भएको मध्ये उक्त रकम वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिले गएको आर्थिक वर्ष २०७४-०५७ मा जिल्लाका खोला नालाको ढुङ्गागिट्टीको ठेक्काबापत कुल २५ करोड ३१ लाख २३ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको थियो ।
जिल्ला समन्वय समिति मोरङले २०७५-०७६ का लागि पाँच करोड ८६ लाख ७६ हजार ५ सयको अनुमानित आयव्ययसमेत पारित गरेको पोखरेलले जानकारी दिनुभयो ।
समितिको आन्तरिक आम्दानीतर्फ ३५ लाख र नेपाल सरकारको अनुदानतर्फ एक करोड ४२ लाख ५९ हजार रुपैयाँ रहेको छ भने गएको वर्षको आम्दानी बचेको चार करोड ६४ लाख १७ हजार ५ सय रहेको छ । जिल्ला समन्वय समितिको दोश्रो सभाले ढुंगागिट्टीको ठेक्काबापत आएको आम्दानीको रकम स्थानीय तहलाई नै वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले अनुदानबापत जिल्ला समन्वय समितिले दिँदै आएको अनुदान रकममा यस वर्ष ५० प्रतिशतले कटौती गरेको जिल्ला समन्वय समितिले जनाएको छ । नेपाल सरकारले गएको आर्थिक वर्षमा दुई करोड ७४ लाख निकास गरेकोमा चालु आर्थिक वर्षका लागि एक करोड २२ लाख मात्र निकासा गरेको प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहेका बेला जिल्ला समन्वय समिति मोरङले पनि ७५ लाख रुपैयाँमा नयाँ गाडी थप्ने निर्णय गरेको छ । जिससका प्रमुख पोखरेलले अनुगमन तथा कार्यालयका लागि आवश्यक पर्ने भएका कारण गाडी खरिद गर्न लागिएको बताउनुभयो ।
जिल्ला समन्वय समितिमा हाल २ वटा गाडी रहेका छन् । अहिले बा २ झ ७६८ नम्बरको निसान कम्पनी र अर्को बा १ झ ८४७५ नम्बरको टोइटा कम्पनीको ल्याण्ड क्रुजरको गाडी रहेको छ । निसान कम्पनीको गाडी जिसस प्रमुख नरेश पोखरेलले प्रयोग गर्दै आउनुभएको छ भने अर्को अधिकृतले प्रयोग गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।