दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – निर्वाचन आयोगले आउँदो १७ गतेदेखि पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्ने भएको छ । अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीका लागि नाम दर्ता तथा फोटो खिचाउने काम गरिरहेको आयोगले मङ्सिर १७ देखि पालिकाको केन्द्रमा टोली पठाएर नामावली सङ्कलन गर्न लागेको हो ।
हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिन र तराईका जिल्लामा १५ दिनसम्म टोली रहनेछ । निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय रहेका ६ सय ३७ पालिकामा टोली पठाउन लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यसैबीच आयोगले १६ वर्ष उमेर पूरा भइ नेपाली नागरिकता प्राप्त गरेका सबैलाई नाम दर्ता गराउन आग्रह गरेको छ । मतदाता नामावलीमा १८ वर्ष पूरा भएपछि मात्र नाम समावेश हुने भएपनि आयोगले १६ बर्ष पुगेका सबैको नाम दर्ता गराउँदै आएको छ ।
यस्तै मङ्सिर १७ गतेदेखि आफ्नो नागरिकता भएको भन्दा अर्को जिल्लाबाट पनि नामावली सङ्कलन गर्न सकिने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।