बाघकाे छालासहित दाङबाट दुई जना पक्राउ

 मंसिर ६, २०७८ सोमबार २०:३३:० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका ५ रानिजरुवाका ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँच गर्दा झाेलाभित्र लुकाएको अवस्थामा बाघको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।   

उनीहरूकाे साथबाट आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको बाघको छाला एक थान, सिल्भर रङको रेड्मी नोट, सादा मोबाइल एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया