भोजपुर कांग्रेस सभापतिमा बान्तवा सर्वसम्मत चयन

 मंसिर ७, २०७८ मंगलबार २०:७:५३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरको सभापतिमा विनोद बान्तवा सर्वसम्मत चयन हुनुभएको छ । 

हिजो सोमवार भएको चुनावमा सभापतिका उम्मेदवार नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सहमतिमा वान्तवा सभापतिमा चयन हुनुभएको नेपाली कांग्रेस भोजपुरले जनाएको छ । 

हिजो भएको चुनावको मत परिणामअनुसार बान्तावाले चार सय १५, राईले तीन सय ९२ र थापाले तीन सय ६० मत ल्याएका थिए । 

तीनै जना उम्मेदवारले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दाेस्रो धेरै मत ल्याउनेबीच चुनाव हुने अवस्था थियो । तर चुनावमा नगएर सहमतिका आधारमा बान्तावा सभापति बन्नुभएको कांग्रेसका एक नेताले बताए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया