काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढ्यो

तराईका केही सहरको प्रदूषण 'घातक' अवस्थामा

 मंसिर ८, २०७८ बुधबार १७:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएका छन् । 

अहिले काठमाण्डौको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।

अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ । 

यति बेला काठमाण्डौ विश्वका प्रदूषित हावा भएको सहरहरूको सूचीमा चौथो नम्बरमा रहेको छ । सबैभन्दा धेरै प्रदूषित हावा भएको सहरमा भारतको केन्द्रीय राजधानी दिल्ली र दोस्राेमा पाकिस्तानको लाहोर र तेस्रोमा भारतकै कोलकत्ता शहर रहेकाे छन् ।

भारतमा बढेको प्रदूषणका कारण पनि नेपालको तराई क्षेत्रमा प्रदूषण धेरै बढेको विज्ञहरू बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया