अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ ...
माघ १७, २०८१ बिहिबार
काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण आज काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली छ ।
यी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा आज दिनैभर नै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ ।
पश्चिम तराईमा हिजो दिउँसो हुस्सु तथा कुहिरो हटेर भिजिविलिटीमा समेत केही सुधार देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पनि तराईका केही ठाउँमा हुस्सु हट्ने सम्भावना छ ।
यीबाहेक देशका अरु भागमा आज मौसम सफा नै छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । हिजोको भन्दा आज न्यूनतम तापक्रम बढेको हो । त्यस्तै आज काठमाण्डौमा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।